काठमाडौं । सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या सन् २०२१ को तीन महिनाको अवधिमा सबैभन्दा धेरै हो ।
वर्षको पहिलो तीन महिनामा कूल ३२ हजार ९९७ पर्यटक नेपाल आएका छन् । जनवरीमा आठ हजार ८७४ र फेब्रुअरीमा नौ हजार १४६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार मार्चमा ११ हजार २०० पुरुष, तीन हजार ३६३ महिला र १२ अन्य लिङ्गी पर्यटक नेपाल आएका छन् ।
तुलनात्मक रुपमा यो सङ्ख्या सन् २०२० को तुलनामा ५५ दशमलव ५८ प्रतिशत काम हो । सो अवधिमा ३४ हजार २५ पर्यटक नेपाल आएका थिए । यस्तै सन् २०१९ को तुलनामा ८८ दशमलव २४ प्रतिशतले कमी हो । सन् २०१९मा एक लाख २७ हजार ३१५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
मार्चमा भारतबाट सबैभन्दा धेरै सात हजार ६५८ पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट एक हजार ७०३ पर्यटक आएका छन् । चीनबाट एक हजार २०७ पर्यटक आएका छन् । बेलायतबाट ६६५ र बङ्गलादेशबाट ५६८ पर्यटक नेपाल आएका छन् ।
वसन्तयामको आरोहण चलिरहेकाले अहिले अधिक सङ्ख्यामा विदेशी नेपाल आउनुले कोभिडपछिको पर्यटनलाई चलायमान बनाउन सकारात्मक प्रभाव पर्ने बोर्डको अनुमान छ । बोर्डका प्रवक्ता मणि लामिछानेले क्रमशः विदेशी पर्यटकको आगमन वृद्धिले पर्यटन क्षेत्रमा सकारात्मक संकेत देखिएको र यसले समग्र पर्यटन क्षेत्रलाई उत्साहित तुल्याएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १९ चैत्र २०७७, २० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्नपूर्ण क्षेत्रमा एक महिनामै पुगे ३३ हजार पर्यटक
एकै महिना भित्रिए सवा लाख पर्यटक
आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
मुक्तिनाथमा दैनिक आउन थाले चार हजार धार्मिक पर्यटक
मनाङमा लेक लागेर पर्यटकको मृत्यु
रामग्राम स्तूपमा पर्यटकको चहलपहल