नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका पुनः हेरफेर हुने

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०७७, १० : २६
नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका पुनः हेरफेर हुने

काठमाडौं । बारम्बार हेरफेर हुदैं आएको नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका पुनः हेरफेर हुने भएको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार काम सम्पन्न नभएपछि कार्यतालिका संशोधन गर्न कांग्रेस केन्द्रीय समितिको बैठक चैत २० गतेका लागि बोलाइएको छ ।

कांग्रेसको महाधिवेशन आगामि भदौ ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा हुँदैछ । निर्धारिता कार्यतालिका अनुसार चैत १० गतेसम्म जिल्ला र क्षेत्रीय कार्यसमितिले नयाँ र नवीकरण भएका क्रियाशील सदस्यको सूची केन्द्रमा बुझाइसक्नुपर्ने थियो ।

हालसम्म ६९ जिल्लाबाट क्रियाशील सदस्यता कांग्रेसको सफ्टवेयरमा हाल्ने क्रम शुरु भएको छ । सबै जिल्लाले क्रियाशील सदस्यको सूची सफ्टवेयरमा इन्ट्री गर्न समय लाग्ने भएपछि कार्यतालिका हेरफेर गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस