यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

आइतबार, २८ पुस २०८१, ०६ : ५८
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपियाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपियाँ ८५ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपियाँ ४० पैसा र बिक्रीदर एक सय ४१ रुपियाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपियाँ ७४ पैसा र बिक्रीदर एक सय ६९ रुपियाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ५० रुपियाँ १६ पैसा र बिक्रीदर एक सय ५० रुपियाँ ८२ पैसा कायम गरिएको छ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपियाँ ९५ पैसा र बिक्रीदर ८५ रुपियाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपियाँ २९ पैसा र बिक्रीदर ९५ रुपियाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपियाँ ३४ पैसा र बिक्रीदर एक सय रुपियाँ ७७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर आठ रुपियाँ ६८ पैसा र बिक्रीदर आठ रुपियाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ७२ पैसा र बिक्रीदर १८ रुपियाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ५६ पैसा र बिक्रीदर ३६ रुपियाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ६५ पैसा र बिक्रीदर ३७ रुपियाँ ८१ पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस