कोरोना अपडेट : थपिए १ सय ८८ जना कोरोना संक्रमित, ७७ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

मंगलबार, १० चैत्र २०७७, १६ : ५५
कोरोना अपडेट : थपिए १ सय ८८ जना कोरोना संक्रमित, ७७ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार १ सय २८  रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७२ हजार९७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा  कोरोना संक्रमण बाट कसैको  निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १९ रहेको छ ।