सुन चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३ सय र चाँदी १० रुपैयाँले घट्यो

सफल खबर संवाददाता

मंगलबार, १० चैत्र २०७७, १३ : २०
सुन चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३ सय र चाँदी १० रुपैयाँले  घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार तोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजाबी सुन तोलामा ८६ हजार २५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १२५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस