सुनको मुल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

सोमबार, ०९ चैत्र २०७७, ११ : ३८
सुनको मुल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज नेपाली बजारमा सुन प्रतितोला २ सय रुपैयाँ घटेको हो ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार हिजोभन्दा प्रतितोला २ सय रुपैयाँ सस्तिएको सुन प्रतितोला ८७ हजारमा कारोबार भइरहेको छ ।

हिजो सुन तोलको ८७ हजार दुई सयले कारोबार भएको थियो।

आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार चाँदी तोलमा १२ सय ८० रुपैयाँ कायम थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस