कोरोना अपडेट : थपिए ७७ जना कोरोना संक्रमित, १ सय ६ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

आइतबार, ०८ चैत्र २०७७, १६ : ५४
कोरोना अपडेट : थपिए ७७ जना कोरोना संक्रमित, १ सय ६ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ९ सय ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ९ सय ६९  रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७१ हजार ९  सय २१  पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा एक जना कोरोना  संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १६  रहेको छ ।