सुनको मुल्य बढ्यो

सफल खबर संवाददाता

आइतबार, ०८ चैत्र २०७७, १२ : १९
सुनको मुल्य बढ्यो

काठमाडौँ । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज ‍पनि छापावाला सुन प्रतितोला ५०० रूपैयाँले बढेर ८७ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८६ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यो मूल्य शुक्रबारको तुलनामा ५०० रूपैयाँले बढेको हो ।

चाँदीको मूल्य आज तोलामा ५ रूपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १२७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस