चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत प्राप्त गर्न जनताको दुःखसुखमा साथ दिनुपर्ने बताएका छन् । आज गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानमा बोल्दै उनले यस्तो बताएका हुन् ।
जनताको दुःखसुखमा साथ दिएमात्रै कांग्रेसको पक्षमा मत आउने भन्दै उनले कम्तीमा पनि वर्षको तीनपटक जनताको घर–घरमा पुग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । जनताले भोट नहालेर गत चुनावमा हार व्यहोरेको हौं,’ उनले भने, ‘भाषणले भोट आउँदैन, जनताको घरदैलोमा निरन्तर पुग्नुस् ।’ उनले चुनावमा केन्द्रीत हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
देउवाले कांग्रेसलाई सरकारको लोभमा नभएको बताउँदै प्रधानमन्त्रीको पद काँधमा आए पछि नहट्ने बताए । अबको २० महिनापछि नियमित चुनाव हुने भन्दै उक्त चुनावमा बहुमत प्राप्त गरेर प्रधानमन्त्री सहित पूर्णरूपमा कांग्रेसको सरकार चलाउने देउवाको दावी छ ।
देउवाले मध्यावधि निर्वाचनको कुरा फेरि पनि उठिरहेकाले निर्वाचनका लागि जुनसुकै बेला पनि तयार रहन निर्देशन दिए । तरुण विना कांग्रेस बलियो नहुने भएकाले यसको नेतृत्वलाई पूर्णता दिने गरी आफूले काम गरिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ चैत्र २०७७, १८ : ०५
लेखकबाट थप