सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०७७, १२ : ११
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा तीन सय रुपैयाँले बढेको सुनको मूल्य आज भने पाँच सय रुपैयाँले घटेको हो ।

आज तोलामा सुनको ८६ हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलामा ८७ हजार दुई सय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि घटेको छ ।

तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलाको १२ सय ९० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस