काठमाडौं । केरा सबैको लोकप्रिय फलफूलमा पर्छ । केरा खानु स्वास्थ्यका लागि फाइदाजनक पनि हुन्छ । केरा स्वादिष्ट हुनुका साथै पौष्टिक तत्वले पनि भरपुर हुन्छ ।
तर, केरा धेरै खाँदा यसले नकारात्मक असर पनि पार्छ ।
असरहरुः
- केराको अत्याधिक सेवनले माइग्रेनको समस्या झन् बढाउँछ । केरामा पाइने Tyramine नामक तत्वले माइग्रेनको दुखाई झन् बढाउँछ ।
- केरामा पोटाशियमको मात्रा अधिक हुन्छ । यसको धेरै सेवन गर्दा रगतमा पोटाशियमको मात्रा बढ्छ । जसको कारण हाइपरकेलेमिया नामक रोग लाग्न सक्छ ।
- केही व्यक्तिहरुका लागि केराको सेवन हृदयघातको कारण पनि बन्न सक्छ । केरामा
- स्टार्चको मात्रा धेरै हुने भएकाले यसले दाँतलाई पनि असर गर्छ ।
- कसैलाई केराको धेरै सेवनले एलर्जी हुन सक्छ । यदि कसैलाई केराको कारण एलर्जी हुने समस्या छ भने डाक्टरको सल्लाह लिन आवश्यक छ ।
- केरा धेरै खाँदा तौल बढ्ने समस्या पनि पैदा हुन्छ । तौल कम गर्ने योजनामा हुने व्यक्तिले केराको सेवन गर्न हुँदैन ।
- एसिडिटी र कब्जियत हुने समस्या भएका व्यक्तिहरुले केराको सेवन गर्नुहुँदेन । यसले ग्यासको समस्या बढाउँछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०१ चैत्र २०७७, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री
खेर जाने केराको थम्बाबाट सामग्री उत्पादन
केरा खेतीबाट वार्षिक चार लाख मुनाफा
छठका लागि भारतबाट ५० लाखका केरा आयात
छठका लागि जनकपुरमा भारतबाट पाँच करोडको केरा आयात
तराईमा तिहार : बढ्दो केराका थामको बजार