महोत्तरी । महोत्तरीको जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले भारतबाट ५० लाख रुपैयाँ बराबरका केरा भित्र्याएका छन् ।
आज जलेश्वरमा लाग्ने अन्तिम हाटबजारमा ५० लाख रुपैयाँको केरा ल्याइएको व्यवसायी गणेश साहले बताए । पहिलेपहिले २०–२५ लाखसम्मको केरा ल्याइने गरिएकामा यस वर्ष ५० लाखको केरा ल्याइएको अर्का व्यवसायी उत्तिम साहले बताए ।
जलेश्वरमा केरा व्यवसाय गर्दै आएका पाँच–सातजना व्यापारीले सामूहिक रूपमै यसपालि २५ ट्रक केरा मगाएका छन् । उनीहरूले उक्त ट्रकलाई आपसमा आफूले गरेको लगानीका आधारमा बाँडेर बेच्ने गरेका छन् ।
विगत वर्षहरूमा १५ देखि २० ट्रकमात्र केरा आउने गरेको जलेश्वरमा यस वर्ष ४० ट्रक केरा भित्रिएको छ ।
ग्रामीण क्षेत्रबाट बसाइँसराइ र आन्तरिक रूपमै पनि जलेश्वरमा दिनकै बढ्दै गरेको जनसंख्यालाई मध्यनजर गर्दै यसपालि स्थानीय केरा व्यापारीले ५० लाखको केरा ल्याएको र सबै बिक्री हुने दाबी गरेका छन् ।
जलेश्वर बजारमा यसपालि केरा प्रतिघार छ–सात सयदेखि एक हजार, १५ सयसम्म बिक्री भइरहेको छ ।
बजारमा ल्याइएका गोपाल, मालभोग, वंशीभोग र मृचमान प्रजातिका केराहरु छन् । जलेश्वर नगरपालिकाको १२ वडालगायत वरपरका अन्य पालिकाका बर्तालु पनि जलेश्वर बजारमा केरा किन्न बिहानैदेखि बजार आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ कार्तिक २०८१, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केराका बोट मर्न थालेपछि कृषक चिन्तित
केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री
खेर जाने केराको थम्बाबाट सामग्री उत्पादन
केरा खेतीबाट वार्षिक चार लाख मुनाफा
छठका लागि जनकपुरमा भारतबाट पाँच करोडको केरा आयात
तराईमा तिहार : बढ्दो केराका थामको बजार