काठमाडौँ । नारायणहिटी संग्रहालय सिनेमा हलमा अब सर्वसाधारणहरुले पनि डकुमेन्ट्रीहरु हेर्न पाउने भएका छन् । दरबार हत्याकाण्ड २०५८ सालदेखि बन्द रहेको सिनेमा हल खुलेसँगै सर्वसाधारणले पनि डकुमेन्ट्री हेर्न पाउने भएका हुन् । सिनेमा हल सरसफाइ र रंगरोगन गरेर आउँदो वैशाखदेखि सञ्चालन गर्न लागिएको छ।
तत्कालीन राजपरिवारका सदस्यलाई सिनेमा हेर्न २०२६ सालमा फिल्म हल बनाइएको थियो। तत्कालीन राजा वीरेन्द्र शाहसहित उनका परिवारका सदस्यको हत्या भएसँगै सिनेमा हल बन्द भएको हो । नारायणहिटी दरबार तथा गणतन्त्र स्मारक व्यवस्थापन र सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार केही दिनदेखि दरबारभित्र रहेका विभिन्न डकुमेन्ट्री र इभेन्टहरूका रिल सफा गर्ने काम भइरहेको छ ।
उनले भने, ‘सबै रिल राम्रो र चल्ने भएमा वैशाखतिरबाट फिल्म हल चलाउँछौं।’ २०३० सालअघिका रिलहरू पनि भेटिएका छन्। चलचित्र विकास संस्थानका पूर्वकर्मचारी तथा विज्ञले ढुसी आएका रिलहरू सफा र प्रोसेसिङका काम गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ चैत्र २०७७, ११ : २८
लेखकबाट थप