सुुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

सफल खबर संवाददाता

विहीबार, २७ फागुन २०७७, ११ : ४६
सुुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८६ हजार २०० मा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ८६ हजार ८०० रुपैयाँ पुगेको हो । 

यस्तै तेजावी सुन तोलामा ८६ हजार ३५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस