सुुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

सफल खबर संवाददाता

बुधबार, २६ फागुन २०७७, ११ : ३४
सुुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । मंगलबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १२७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस