काठमाडौं । मानिसको व्यक्तित्वमा उसको अनुहारको ठुलो भूमिका हुने गर्दछ । झट्ट हेर्दा सफा, राम्रो र चम्किलो अनुहारले सबैलाई प्रभावित पार्दछ ।
कतिपय अवस्थामा अनुहारमा आएका दागका कारणले मानिसको सुन्दरतामा ह्रास ल्याउदछ । प्राकृतिक रूपमा यस्ता दाग हटाउन घरभित्रै केही उपाय अपनाउन सकिन्छ ।
१. घ्यूकुमारी
घ्युकुमारी छालाको समग्र सुन्दरताकालागि उपयोगी मानिन्छ । यसको गुदीलाई नियमित दाग आएको भागमा लगाई ४५ मिनेटपछि धुने गरेमा एक महिना भित्रै सुधार देख्न सकिन्छ ।
२. चन्दन
चन्दनलाई घोटेर गुलाबजल अथवा दूधसँग मिसाई यसको तयार लेपलाई दाग भएको ठाउँमा दल्नाले र एक घण्टापछि पखाल्ने दाग हराएर जान्छ ।
३. स्ट्रबेरी
पाकेको स्ट्रबेरीको लेप बनाई नियमित दाग भएको ठाउँमा लगाई १५ मिनेटपछि चिसो पानीले धुने गरेमा केही साताभित्रै अनुहारको दाग हराउँदै जान्छ ।
४. खरबुजा
खरबुजाको रस निकालेर त्यसमा चामलको लेप मिसाएर अनुहारमा लगाई १५ मिनेटपछि धुने गर्नाले केही सातापछि दाग कम हुँदै जान्छ ।
५. मेवा
पाकेको मेवालाई दाग भएको ठाउँमा नियमित हल्का मसाज गर्ने र २० मिनेटपछि मनतातो पानीले धुने गर्नाले अनुहारको दाग हराएर जान्छ ।
६. कागती
दाग भएको ठाउँमा कागतीको रस लगाएर आधा घण्टापछि धोएमा दाग हराउँदै जान्छ । तर यसको नतिजा देखापर्न २र३ महिनासम्म लाग्न सक्छ ।
७. बदाम
बदामलाई पानी वा दूधमा १२ घण्टा भिजाई यसको बोक्रा फालेर बनाइएको लेपलाई गुलाबजलसँग मिसाएर दाग भएको ठाउँमा दलेर केहीबेरमा धोएमा दाग हराउँदै जान्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २१ फागुन २०७७, १२ : ४८
लेखकबाट थप