५९ अंकले घट्यो नेप्से परिसूचक , कारोबार ६ अर्ब ११ करोडमा सिमित

सफल खबर संवाददाता

मंगलबार, १८ फागुन २०७७, १५ : ३२
५९ अंकले घट्यो नेप्से परिसूचक , कारोबार ६ अर्ब ११ करोडमा सिमित

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार घटेर राताम्मे देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहहरुको सबइन्डेक्स घटेर राताम्मे देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५९ दशमलव ७० अंकले ओरालो लागेको छ ।

नेप्से परिसूचक ५९ दशमलव ७० अंकले घटेर २ हजार ४ सय ५५ दशमलव ३३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ८० अंकले ओरालो लागेको छ ।

नेप्से परिसूचकमात्रै होइन कारोबार रकम पनि गिरावट आएको छ । सोमबारको तुलनामा कारोबार रकम ५० करोड रुपैयाँ भन्दा कम भएको छ । बुधबार कारोबार रकम ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६६९ रुपैयाँमा सिमित भयो ।

मंगलबार नेप्सेमा कारोबार हुने १३ सबइन्डेक्स मध्ये २ वटा भने बढेर हरियो देखिएका छन् । नेप्से परिसूचक ५९ अंक भन्दा धेरैले घट्दा पनि व्यापार समूहको सव इन्डेक्स ९ दशमलव १८ प्रतिशत अर्थात २७८ दशमलव ४९ अंकले बढेको छ ।

अर्को होटल एण्ड पर्यटन समूहको सवइन्डेक्स पनि ० दशमलवग ८ प्रतिशत अर्थात १६ दशमलव ८६ अंकल बढेको छ । यी दुई समूह बढेपनि अन्य सबै समूह घट्दा समग्रमा बजार घटेको छ । बैंकिङ समूहको सबइन्डेक्स २/५० अंकले घटेको छ भने विकास बैंक २/३३ र जलविद्युत २/०८ अंकले घटेको छ ।

यसैगरी फाइनान्स १/९८, निर्जिवन बिमा २/६५, उत्पादनमूलक २/७६, लघुवित्त २/६१ र अन्य समूह २/१२ अंकले घटेका छन् ।

प्रतिक्रिया दिनुहोस