काठमाडौँ ।साताको कारोबारको पहिलो दिन सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ । समग्र बजार ५.३२ अंकले बढ्दा परिसूचक २५९१.५६ बिन्दुमा पुगेको छ । आज कुल १४१ कम्पनीको मूल्य बढेको छ । ९४ कम्पनीको घट्दा ८ कम्पनीको मूल्य स्थिर रह्यो ।
बजार सामान्य अंकले बढे पनि उपकार लघुवित्त, दोर्दीखोला जलविद्युत् र ग्रिन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । डोल्टी र ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज जलविद्युत् र व्यापारतर्फका कम्पनीको लगानी बढ्यो । यी दुई उपसमूहको सूचक क्रमशः १.६७ र १.१४ प्रतिशतले बढेको छ ।कारोबार रकमका हिसाबले आज जानकी फाइनान्स शीर्षमा रह्यो । यसको १९ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ ।
आइतबार कुल ३२७ कम्पनीको ९३ लाख ६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८६ करोड २ लाख रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सातामा नेप्से ६५.२७ अंकले वृद्धि
सेयर बजार २७४३ अंकमा पुग्यो
सेयर बजारमा आज १० अर्ब नाघ्यो कारोबार
सेयर बजार २७ सय नजिक पुग्यो, साढे ९ अर्बको कारोबार
२६७८ अंकमा झर्यो सेयर बजार
सेयर बजार २६८५.७३ विन्दुमा, पौने ९ अर्बको कारोबार