तपाँइले लामो समय कम्युटरमा काम गर्नुहुन्छ ? थाहा पाउनुहोस् तपाँइलाई हुनसक्छ कार्पल टनल सिन्ड्रोम

एजेन्सी

शनिबार, १५ फागुन २०७७, १२ : १०
तपाँइले लामो समय कम्युटरमा काम गर्नुहुन्छ ? थाहा पाउनुहोस् तपाँइलाई हुनसक्छ कार्पल टनल सिन्ड्रोम

काठमाडौं । लामो समयसम्म कम्युटरमा बसेर काम गर्दा सामान्यताः हात, कम्मरमा समस्या आउँछ । निरन्तर कम्युटरमा काम गर्दा धेरै कम्युटर स्क्रिनमा हेर्ने गर्दा आँखा, हड्डी र शरीरका मांशपेशीमा पनि समस्या पुग्छ ।

यसैबीच, कम्युटरमा लगातार काम गर्दा आउने अर्को समस्या हो, कार्पल टनल सिन्ड्रोम (carpal tunnel syndrome)  । यो समस्या हात र नाडीमा हुने दुखाई हो । ८ देखि ९ घण्टासम्म निरन्तर काम गर्दा हुने अर्को समस्या सर्भाइकल स्पोन्डिलोसिस हो । अनुसन्धानका अनुसार इन्टरनेतको लत, सामाजिक सञ्जालको प्रयोग र निरन्तर कामको दबाबका कारण नै यस्ता समस्याहरु पैदा हुन्छ । 

भारतको नेशनल विमेन्स हेल्थ इन्फोर्मेशन सेन्टरले गरेको एक अनुसन्धानका अनुसार कार्पल टनल सिन्ड्रोमको जोखिमको कारण कम्युटरमा बसेर गरिने तिनै गतिविधिहरु हुन् ।

हात र नाडीमा हुने दुखाई अर्थात कार्पल टनल सिन्ड्रोम (carpal tunnel syndrome)  भएमा औषधि खानुपर्ने चिकित्सकहरु बताउँछन् ।  कार्पल टनल हड्डी र नाडीमा हुने समस्या हो । यो औंलाहरु, माझी औंला र चौँथो औंलासँग जोडिएको हुन्छ । यसमा औंलाहरु सुन्निने, कमजोरी हुने, झन्झनाउने गर्छ । यसले गर्दा हातले काम गर्न निकै गाह्रो हुन्छ । 

प्रतिक्रिया दिनुहोस