काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन समक्ष अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
कोरोना भाइरस(कोभिड–१९) सङ्क्रमणका कारण पत्राचारमार्फत ओहोदाको प्रमाणपत्र बुझाइएको हो। नवनियुक्त राजदूत खतिवडाले बुझाएको ओहोदाको प्रमाणपत्र राष्ट्रपति बाइडेनले स्वीकृत गर्दै उनलाई अमेरिकामा कूटनीतिक व्यक्तिका रूपमा स्वागत गरेका छन् । साथै राष्ट्रपति बाइडेनले आफ्नो सरकार दुई देशको सम्बन्ध थप बलियो बनाउन र साझा कार्यसूचीमा एक साथ काम गर्न इच्छुक रहेको बताएका छन् ।
ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा राजदूत खतिवडाले नेपालका प्रधानमन्त्री तथा नेपाली जनताको तर्फबाट राष्ट्रपति बाइडेनको सफल कार्यकाल, सुख र वास्थ्यको कामना गर्नुका साथै अमेरिका र त्यहाँको जनताको समृद्धिका लागि शुभकामना व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ फागुन २०७७, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाइडेनको निर्णयले तनावपूर्ण बन्दै रुस-युक्रेन युद्ध
मोदी र बाइडेनबीच भेटवार्ता
इजरायली प्रधानमन्त्री नेतान्याहुप्रति बाइडेन असन्तुष्ट
गाजामा युद्धविरामबारे जो बाइडेनको चेतावनी
बाइडेनले किन छाडे राष्ट्रपति चुनाव ? राष्ट्रका नाममा सम्बोधन गर्दै बताए कारण
बाइडेनले छोडे राष्ट्रपतिको उम्मेदवारी, कमला ह्यारिसलाई समर्थन