प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

सफल खबर संवाददाता

मंगलबार, ११ फागुन २०७७, २२ : ४०
प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद रहेको बताएका छन् ।

उनले तर फैसला मान्दै कार्यान्वयन गर्नुको विकल्प नभएको बताएका छन् । तर ओलीले तत्काल राजीनामा नदिने उनको भनाइ छ । 

‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

उनले फसलाका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित रहेको पनि दावी गरेका छन् । 

‘यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ । 

प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस