काठमाडौं । सन् २०१९ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा कामदार छनोट गर्न लिइने नवौं चरणको कोरियन भाषा परीक्षाको आवेदन फारम संकलन कार्य बिहीबार (आज) बाट सुहरु हुने भएको छ ।
सो परीक्षामा सहभागी हुनेहरुले बिहीबारदेखि आगामी १७ चैतसम्म आवेदन फारम अनलाइनबाटै भर्न सक्नेछन् । आजको राजधानी दैनिकको आर्थिक पृष्ठमा यो समाचार छापिएको छ ।
समाचारमा लेखिएको छ, यो भाषा परीक्षामा सहभागी हुनका लागि १८ बर्ष पूरा भई ३९ बर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने हदबन्धी तोकिएको छ ।
परीक्षामा सहभागी हुन चाहनेहरुले ईपीएस कोरिया शाखाको नेपालको आधिकारिक वेबसाइटबाट लग इन गरी त्यहाँ उल्लेख भएका विवरण अनलाइनबाटै भर्न पाउनेछन् ।
जसका कारण गत बर्ष पहिलोपटक सुरु हुनुभन्दा अघिका बर्षझैं फाराम भर्न रातभर लाइनमा बस्नुपर्नेछैन ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०८ चैत्र २०७४, ०६ : ४९
लेखकबाट थप