सोलुखुम्बुमा दुई महिनादेखि विद्युत् कटौती, उपभोक्ता मारमा

रासस

शुक्रबार, ३० माघ २०७७, १४ : २९
सोलुखुम्बुमा दुई महिनादेखि विद्युत् कटौती, उपभोक्ता मारमा

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा विगत दुई महिनायता भइरहेको विद्युत् कटौतीले उपभोक्ता मारमा परेका छन् । दैनिकजसो विद्युत् अनियमितताका कारण यहाँका उपभोक्तालाई निकै हैरानी हुन थालेको बताइएको छ । पूर्व सूचनाबिना विद्युत् कार्यालयले पटकपटक विद्युत् कटौती गर्न थालेपछि स्थानीयवासी आक्रोशित हुन थालेका छन् । विद्युत् अनियमितका कारण त्यहाँका आम उपभोक्तदेखि व्यवसायी बढी मारमा परेको बताइएको छ ।

“दैनिक विद्युत् अनियमितताका कारण मिल व्यवसायी र हामी बढी मारमा परेका छौँ”, स्थानीयवासी गेहेन्द्र राईले भन्नुभयो, “मिनेटमिनेटमा बिजुली बत्ती आउने र जाने समस्याले स्थानीयवासीले दुःख पाइरहेको छ । यस सम्बन्धी गुनासो विद्युत् प्राधिकरणमा खबर गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ । साँझ र बिहानपख तालीकाबिना लोडसेडिङ हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परेका छन् । 

अत्यधिक चिसोका कारण त्यसबाट बच्नका लागि यहाँका गाउँवासीले दाउराको प्रयोग गर्छन भने सदरमुकामवासीले विद्युतीय हिटरको प्रयोग गर्छन् । पुस, माघ महिनाको चिसोबाट बच्नका लागि सरकारी कार्यालयका कार्मचारीलेसमेत विद्युतीय हिटरको प्रयोग गर्नु बाध्यता नै हो । समयको परिवर्तनसँगै सदरमुकामवासीले दाउराको एकदमै कम प्रयोग गर्ने गरेका छन् । जिल्लामा विद्युत्को खपत बढेसँगै सल्लेरी च्याल्सा विद्युत् कम्पनीको सेवासमेत अनियमित बनेको छ । क्षमताभन्दा बढी खपत हुन थालेपछि बारम्बार विद्युत् सेवा अवरुद्ध हुने गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका रामेश्वर मास्केका अनुसार चिसोमा विद्युतीय सामग्रीको बढी प्रयोग हुँदा मेसिन नै बन्द हुने गरेको छ । चिसोबाट बच्नका लागि उपभोक्ताले हिटरको प्रयोग बढी गर्दा लोड धान्न नसकेको उनको भनाइ छ । सोलुदूधकुण्ड नगरपालिकाको वडा नं ४, ५, ६ र ७ का करीब दुई हजार १०० बढी उपभोक्ताले दैनिक तीन घण्टा विद्युत्भार कटौतीको मार खेप्नुपरे पनि अन्य समयमा समेत आपूर्ति बन्द हुँदा समस्या भएको स्थानीयवासीको भनाइ छ ।

विद्युत् आउने जाने हुँदा होटल÷पसल सञ्चालकदेखि जिल्ला अस्पतालको सेवासमेत प्रभावित हुने गरेको छ । विद्युत् कटौतीको तालिकाबाहेक पनि दिनभरजसो विद्युत् सेवा बन्द हुँदा जिल्ला अस्पताल फाप्लुको प्रयोगशाला सेवासमेत प्रभावित बन्ने गरेको अस्पतालकी निमित्त प्रमुख शानी शेर्पाले बताए । अस्पतालमा व्याकपकोसमेत राम्रो प्रबन्ध नभएको हुँदा ल्याब सेवा नै ठप्प बन्ने गरेको उनको भनाइ छ । उनका अनुसार अस्पतालमा वैकल्पिक विद्युतको व्यवस्था नहुँदा ल्याब र अक्सिजन सेवासमेत प्रभावित बनेको छ । उपकरण सञ्चालनका लागि च्याल्सा विद्युत् कम्पनीकै भरपर्ने अस्पतालमा असहज हुने गरेको बिरामी नानुमाया कार्कीले बताए ।

बारम्बार विद्युत् अवरुद्ध हुँदा विद्युतीय सामग्रीसमेत चाँडै बिग्रने समस्या रहेको गेहेन्द्र मोबाइल पसलका सञ्चालक गेहेन्द्र राईको भनाइ छ । कम्प्युटरको पावर सप्लाइ चाँडै बिग्रने समस्याले हैरान बनेको उनले बताए । यस्तै सल्लेरीमा सञ्चालित टेलरिङ सेन्टरसमेत विद्युत्मा भर पर्दा समस्या भएको पसल सञ्चालकको भनाइ छ । ए वान टेलरिङ सेन्टर सल्लेरीका प्रोपाइटर विक्रम हिङमाङले ग्राहकलाई समयमा नै सेवा दिन नसक्दा गाली खानुको विकल्प नभएको बताए । कपडा सिलाइका लागि निश्चित समय तोकेर पठाएका ग्राहकलाई भनेको बेला उपलब्ध गराउन नसक्दा ग्राहकसमेत रिसाउने गरेको समस्या रहेको हिङमाङको भनाइ छ ।

विद्युत् अनियमितताका कारण एफएम रेडियो तथा पत्रपत्रिका पनि समयमा प्रकाशन तथा प्रशारण हुन नसकेको स्थानीय पत्रकारको भनाइ छ । पछिल्लो समय विद्युत् अनियमितका कारण व्यवसायी, बैंक, सहकारी, गैरसरकारी कार्यालयका काम कारवाहीमा असर पुगेको बताइएको छ । कम्पनीका अनुसार चिसोले गर्दा विद्युत्को माग बढी तथा उत्पादन कम भएका कारण विद्युत् अनियमितता भएको र यो समस्या चाँडै समाधान हुनेछ 
 

प्रतिक्रिया दिनुहोस