बोक्सी आरोपमा कुटिएकी लिराको किन भएन मुद्दा दर्ता ?

पत्रपत्रिकाबाट

विहीबार, ०८ चैत्र २०७४, ०६ : ३८
बोक्सी आरोपमा कुटिएकी लिराको किन भएन मुद्दा दर्ता ?

काठमाडौं । सरकारले बोक्सी प्रथा अन्त्य भएको घोषणा गरे पनि अझै बोक्सीको आरोपमा थुप्रै महिलाहरु निर्घात कुटिएका खबर बाहिर आइरहेका छन् ।

बोक्सीको आरोप खेपेकी पर्सा वीरगन्जकी लिरा क्षेत्री बुधबार दिउँसो १ बजे सार्वोच्च अदालत छिरिन् ।

स्थानीयले बोक्सीको आरोपमा निर्घात कुटपिट गर्दा पनि जिल्लाबाट इन्साफ नपाएपछि सर्वोच्च आएकी उनी मुद्दा दर्ता नभएपछि झन् निरास भइन् ।

मुद्दा दर्ता गर्न अदालत पुग्दा पनि न त वकिलले साथ दिए न त प्रहरी टोलीले नै । आजको राजधानी दैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

उनले भनिन्,
-वीरगन्ज इनरुवा घुसकपुरमा बस्दै आएकी छु ।

-छोरोले रिक्सा चलाउँछ ।

-छोराको जिवन रक्षा गर्न र मलाई बोक्सी भनेर कुटपिट गर्नेमाथि कारबाही हुनुपर्यो भनेर अदालत आएँ तर पैसा नभएर होला साथ दिने कोही भएनन् हजुर ।
स्थानीय सीमा तिवारीको समूहले बोक्सीको आरोपमा कुटपिट गर्दै आएको क्षेत्रीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस