अफगान सेनाको हवाई कारबाहीमा २७ लडाकू मारिए

रासस

विहीबार, २९ माघ २०७७, १४ : ३५
अफगान सेनाको हवाई कारबाहीमा २७ लडाकू मारिए

लस्कर गह । अफगान सेनाले हेल्मन्ड प्रान्तमा बुधबार गरेको हवाई कारबाहीमा तालिबान समूहका कम्तीमा २७ जना लडाकू मारिएका छन् । 

सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा तालिबान लडाकूहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा हवाई कारबाही गरिएको उल्लेख छ । 

सेनाले हवाई कारबाही मुख्यतः नावा, नहर–ए–सेराज र गर्मसिर जिल्लामा केन्द्रित भएको जनाएको छ । कारबाहीमा लडाकूतर्फका हन्जला र बाराकात नाम गरेका कमान्डर पनि मारिएको सेनाको दाबी छ ।

तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् ।(रासस–सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस