काठमाडौं । वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाइँले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै प्रदेश सरकारले आफ्नो जिम्मेवारीलाई जनताको माझमा इमान्दारीपूर्वक लैजान गरिएको प्रयास जनमुखी रहेको बताएका छन् ।
उनले प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा भएको उपलक्ष्यमा आज हेटौंडामा आयोजित तेस्रो वार्षिकोत्सव समारोहको उद्घाटन गर्नुहुँदै जनता अहिले राजनीतिक आन्दोलन होइन, शान्तिपूर्णरुपमा आफ्नो व्यवहारिक जीवन धान्ने योजना चाहेका छन् भने।
प्रदेश प्रमुख प्रसाइँले प्रदेशको विभिन्न जिल्लामा राष्ट्रिय गौरवको आयोजना तथा बहुवर्षीय योजना कार्यान्वयन गर्न सरकारले गरेको प्रयास जनताबीच लोकप्रिय रहेको उल्लेख गर्नुहुँदै प्रदेश सरकारप्रति आम प्रदेशवासीको विश्वास र भरोसा छ, त्यसैले केही समूहबाट हुने राजनीतिक आन्दोलनलाई उनीहरुले स्वीकार नगर्ने स्पष्ट पारे ।
प्रदेश सरकार विसं २०७४ माघ २९ गते गठन भएको र सोही दिन मुख्यमन्त्री पदमा प्रदेशसभाका ज्येष्ठ सदस्य डोरमणि पौडेलले मुख्यमन्त्री पदको शपथ ग्रहण गरेको थियो । सो अवसरमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार गठन भएको तीन वर्षको अवधिमा सरकारले प्रदेशको १३ वटै जिल्लामा सन्तुलित विकास योजनाको बाँडफाँड र बजेट विनियोजित गरेर पारदर्शीका साथ आफ्नो जिम्मेवारी पूरा गर्दै आएको र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने भूमिकामा बहुवर्षीय योजना कार्यान्वयन भइरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २९ माघ २०७७, १२ : २३
लेखकबाट थप