काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी बीच बैंकका ग्राहकवर्गलाई छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीका बिक्रि तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिट क्रेडिट प्रिभिलेज कार्ड बाहक ग्राहकवर्गले सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीमा उपलब्ध आवास तथा खाना÷पेय पदार्थमा १० प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७४ जिल्लामा बैंकको २६८ शाखा, २४२ एटीएम, २४५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ माघ २०७७, १६ : ४२
लेखकबाट थप