काठमाडौं । प्रधानमनन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले आफ्नो फेसबुकमा राख्नै नराखेको विषयलाई ‘फेक म्यासेज’ बनाएर प्रचण्ड नेपाल पक्षबाट भ्रम फैलाएको भन्दै आक्रोश पोखेका छन् ।
उनको फेसबुक पोस्ट भन्दै सामाजिक सञ्जालमा भोलि दरबारमार्गमा आयोजना गरिएको कार्यक्रम स्थगित गरिएको भन्दै भ्रम फैलाइएको थियो ।
उनले सामाजिक सञ्जालमा सो भ्रम फैलाइएको प्रति आक्रोश पोख्दै उनले भनेका छन्, ‘‘ मेरो फेसबुक आइडीलाई स्क्रीन सट गरी नक्कली म्यासेज बनाई सोसल मिडियामा व्यापक रूपमा दुष्प्रचार गर्न यस्तो अपराधिक गिरोह कुत्सित सक्रियतामा संलग्न रहेकोमा म उक्त कार्यप्रति खेद प्रकट गर्दछु ।
भोलि हुने गरी तयारी भइरहेको निर्धारित कार्यक्रम दिउँसो १२ बजे नारायणहिटी गेटमा हुने सबैमा स्पष्ट गर्दछु । साथै, यसरी नक्कली कार्यबाट दुष्टतापूर्वक भ्रमको खेती गर्नेहरूप्रति सावधान रहन र अन्योलमा नपर्न म सम्बद्ध सबैमा अनुरोध पनि गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०७७, २१ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको राजनीतिक प्रतिशोधको बेलुन जिल्ला अदालतमा फुस्कियो : सूर्य थापा
सूर्य थापाको तेस्रो स्टाटस : '६५ लाख धरौटीमा रिहा'- सफाइ !
रविको नयाँ नाटक पनि सुपरफ्लप हुन्छ : सूर्य थापा
विवाह, अंशबन्डादेखि ऋणी र शेयर सदस्य समेत ‘फेक’ छन् : सूर्य थापा
सूर्य थापाको असंदीय शब्द संसदीय रेकर्डबाट डिलिट
सरकारले जथाभाबी गरेमा सांसदहरु रमिते बन्न मिल्दैन : सांसद थापा