दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलका ज्वाइँ शिवकुमार आचार्य भूमिसम्बन्धि समस्या समाधान आयोग दाङ जिल्लाको अध्यक्षमा मनोनित भएपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।
सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो । देशव्यापीरुपमा गठन गर्नेक्रममा दाङमा आचार्यको नेतृत्वमा ३ सदस्यीय समिती चयन गरेको हो। जसको विज्ञ सदस्यमा रेवन्त चौधरी र सदस्यमा हेमराज पुन मनोनित भएका छन् ।
तत्कालीन नेकपा एमाले दाङका अध्यक्ष हाल प्रचण्ड(माधव समुहमा रहेका जोगबहादुर रानाले मुख्यमन्त्री पोखरेलमाथि कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ुदेख्यौ त ताक़त । आफू मुख्यमन्त्री, श्रीमती सांसद्, दाई उपमहानगरको अध्यक्ष, बहिनीलाई हालै नेकपाको केन्द्रीय सदस्य, ज्वाइँलाई भूमि तथा सुकुम्बासी दाङको अध्यक्ष, गणतन्त्र कस्लाई आएको रहेछ ?’
आयोगका जिल्ला पदाधिकारीको शपथग्रहण माघ २४ गते आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने कार्यक्रम तय भएको छ । आयोगका पदाधिकारीको नियुक्तिको सूचना सोमवार साँझै राजपत्रमा प्रकाशित भएको छ । आयोगका अध्यक्षले नेपाल सरकारको प्रथम श्रेणी सहसचिव सरहको र सदस्यले द्वितीय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउने आयोगले जानकारी दिएको छ ।
मुख्यमन्त्री पोखरेलकी पत्नि सुजिता शाक्य जनजाती कोटाबाट समानुपातिक सांसद छिन् । प्रधानमन्त्री केपी ओलीनिकट नेता पोखरेलले आफ्नै बहिनी मेनका पोखरेललाई विभाजित नेकपा ओली समुहको केन्द्रीय सदस्य बनाएका छन् भने दाई देवी पोखरेललाई विभाजित हुनुभन्दा अगाडि नेकपा घोराही उपमहानगरको इन्चार्ज पनि बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० माघ २०७७, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावल एमालेबाट आफैं निक्लिएका हुन् : शंकर पोखरेल
पार्टीले जीवनमा समस्या देखियो : शंकर पोखरेल
साझा फ्रेमवर्कले बीआरआई कार्यान्वयनमा सहजता हुन्छ : शंकर पोखरेल
बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
छिमेकी राष्ट्रबाट ऋण लिनु गलत हो ? भन्दै बीआरआई लक्षित शंकर पोखरेलले उठाए प्रश्न
प्रधानमन्त्रीविरुद्ध जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनता विरुद्धको षडयन्त्र : शंकर पोखरेल