काठमाडौं । आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल माइतीघरमा जारी धर्नामा सहभागी हुने भएका छन् ।
केन्द्रीय सदस्य विष्णु रिजालले अध्यक्षद्वय प्रचण्ड र नेपाल १२ बजेपछि माइतीघरको धर्नामा सहभागी हुने जानकारी दिए । प्रतिनिधिसभा विघटनविरुद्ध यो पक्षका संघीय र प्रदेश सांसदहरु गत माघ १४ गतेदेखि माइतीघरमा लगातार धर्ना बस्दै आएका छन् ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र प्रतिगामी भन्दै पुनस्र्थापनाका लागि संघर्षरत सो पक्षले तेस्रो चरणको आन्दोलन जारी राखेको छ । त्यसअन्तर्गत विराटनगर, बुटवल र धनगढीमा व्यापक प्रदर्शन र विरोध सभा गरिसकेको प्रचण्ड–माधव पक्षले आगामी माघ २८ गते काठमाडौँमा अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ माघ २०७७, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने
युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा
सरकारले अलोकतान्त्रिक तरिकाले देश चलाउन खोज्यो : श्रेष्ठ
निर्वाचन आयोगमा दल दर्ता गर्ने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय
नेपाल कम्युनिष्ट पार्टीद्वारा राजनीतिक कार्यदिशा सार्वजनिक (पूर्णपाठसहित)
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार