थपिए ३०३ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १३ माघ २०७७, १६ : ४०
थपिए ३०३ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ सय ३ जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १७ पुगेको छ ।

मंगलबार २ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार ८ सय २३ पुगेको छ ।

हाल देशभर ३ हजार २ सय ५२ सक्रिय संक्रमित रहेका छन् । गत चौबीस घन्टामा ४ हजार ५ सय ७४ पीसीआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ सय ३४, भक्तपुरमा ७ र ललितपुरमा ३१ जना संक्रमित थपिएका हुन् ।