पाकिस्तान । पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ । सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ ।
पाकिस्तानको राजधानी शहर इस्लामाबादनजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार सो दुर्घटना भएको जनाइएको छ ।
रेलमार्ग टिकटकको अभिनय गर्न व्यस्त १८ बर्षीय हमजा नाभेदको उनको साथीले टिकटक भिडियो बनाउँदै गरेको अवस्था रेलको ठक्करबाट मृत्यु भएको स्थानीय उद्धार एजेन्सीका प्रवक्ता राजा रफाकात जमानले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।
उद्धारकर्ताहरुले नाभेदलाई उद्धार गरेको अवस्थामा उनको मृत्यु भइसकेको पनि समाचारमा जनाइएको छ । (रासस÷एएफपी)
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० माघ २०७७, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुनः सञ्चालनमा
अमेरिकामा टिकटक बन्द, खरिद गर्न नपाएपछि लगाइयो प्रतिवन्ध
नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता
सबै सर्त मान्न टिकटक तयार भएपछि प्रतिबन्ध हटाउँदै सरकार
टिकटक प्रतिबन्ध खुला गर्ने सरकारको निर्णय
टिकटकमाथिको प्रतिवन्ध हटाउने सरकारको तयारी