काठमाडौँ । बुधवार टर्कीमा गएको ६.२ म्याग्निच्युडको भूकम्पका कारण प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको टर्की भ्रमण स्थगित भएको छ । टर्कीको संवैधानिक अदालतको ६३ औँ वार्षिकोत्सवका अवसरमा त्यहाँका प्रधानन्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानन्यायाधीश राउत विदेश भ्रमण जाने कार्यक्रम तय भएको थियो ।
तर भूकम्प गएपछि अन्तिम समयमा भ्रमण स्थगित भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । प्रधानन्यायाधीश राउत विदेश भ्रमण जाने कार्यक्रम तय भएपछि गत आइतबारदेखि नियमित सुनुवाइ भइरहेको ५२ संवैधानिक नियुक्ति विवादसम्बन्धी रिटहरूमाथिको सुनुवाइको पेसी वैशाख २८ गतेका लागि तोकिएको थियो ।
आज प्रधानन्यायाधीशको इजलासमा कुनै पनि पेसी तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ बैशाख २०८२, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिला न्यायाधीशहरु न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
सञ्जीव खन्ना बने भारतको ५१औं प्रधानन्यायाधीश
प्रधानन्यायाधीश राउत क्वालालम्पुर प्रस्थान
आजदेखि राउत नयाँ प्रधानन्यायाधीश
संविधानले परिकल्पना गरेका मूल्यमान्यताको व्यावहारिक कार्यान्वयन हुनुपर्छ: विश्वम्भरप्रसाद श्रेष्ठ
बंगलादेशमा नयाँ प्रधानन्यायाधीश नियुक्त