काठमाडौं । टिकटकले ‘टिकटक फोर आर्टिस्ट्स’ नामक नयाँ प्लेटफर्म सुरु गरेको छ ।
यसले कलाकारहरूलाई आफ्नो करियर बनाउन सहयोग पुर्याउने उद्देश्य लिएको छ । यस प्लेटफर्मले कलाकारहरूलाई आफ्ना गीतहरूको प्रचार गर्न र आफ्नो श्रोतासँग अझ राम्रोसँग संलग्न हुने उपकरणहरू प्रदान गर्दछ ।
यो प्लेटफर्म कलाकारलाई विभिन्न अभियानहरू सञ्चालन गर्न मद्दत गर्दछ, जसमा उनीहरू आफ्नो आगामी कामहरूको प्रचार गर्न सक्छन् ।
कलाकारहरूले आफ्ना गीतहरूको प्री–आर्डर प्रचार गर्न र सामाजिक मिडिया प्लेटफर्महरूमा आफनो उपस्थितिलाई बलियो बनाउन अभियानहरू चलाउन सक्छन् । यसमा, कलाकारहरूले आफ्नो पोस्ट र गीतहरूको प्रदर्शन कस्तो भइरहेको छ भन्ने डेटा पनि प्राप्त गर्नेछन्, जसले उनीहरूलाई आफ्ना प्रयासहरू सुधार्न मद्दत गर्नेछ ।
हाल यो प्लेटफर्म अष्ट्रेलिया, न्युजील्याण्ड, जापान, दक्षिण कोरिया र इन्डोनेशियामा परीक्षणको अवस्थामा छ । टिकटोकले भविष्यमा यसलाई थप बजारहरूमा उपलब्ध गराउने योजना बनाएको छ । यसलाई विश्वभरका कलाकारहरूका लागि उपलब्ध गराउने तयारी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ चैत्र २०८१, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुनः सञ्चालनमा
अमेरिकामा टिकटक बन्द, खरिद गर्न नपाएपछि लगाइयो प्रतिवन्ध
नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता
सबै सर्त मान्न टिकटक तयार भएपछि प्रतिबन्ध हटाउँदै सरकार
टिकटक प्रतिबन्ध खुला गर्ने सरकारको निर्णय