गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल्: पर्ख र हेरको अवस्थामा एडीबी !

पत्रपत्रिकाबाट

सोमबार, ०५ चैत्र २०७४, ०८ : १७
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल्: पर्ख र हेरको अवस्थामा एडीबी !

राष्ट्रिय गौरवको गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सबैभन्दा बढी लगानी गर्दै आएको एसियाली विकास बैंक एडीबी पर्ख र हेरको अवस्थामा पुगेको छ ।

एडीबीले आयोजनाको काम सन्तोषजनक नभएको भन्दै गत जनवरीदेखि रोकेको पैसा दिन काम गरेर देखाउन नेपाल सरकारसँग नयाँ प्रस्ताव राखेको छ ।

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले काम तीव्र गतिमा अगाडि बढाएर देखाउन एडीबीले समय दिएको बताए। उनले भने, ‘अब हामीले गरेको कामका आधारमा एडीबीले भुक्तानीको विषय टुंयाउँछ।’ ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैया“ लगानीमा निर्माणाधीन गौतम बुद्ध विमानस्थलमा एडीबीको ४०।५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान लगानी छ ।

यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेमलपमेन्टको ३०।५ प्रतिशत र थप ११ प्रतिशत तथा मूल्य अभिवृद्धि कर नेपाल सरकारले लगानी गर्ने हो।  एडीबीले एक अर्ब ५० करोड भुक्तानी गरिसकेकेको छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस