चितवन । खैरहनी नगरपालिका बिपद जोखिम न्यूनीकरण नीति र खैरहनी नगरपालिका बिपद जोखिम न्यूनीकरण रणनैतिक कार्ययोजनामाथि अन्तिम चरणको छलफल भएको छ ।
इको नेपाल र मेड नेपालले तयार पारेको ती नीति र कार्ययोजनाका बिषयमा जनप्रतिनिधिसँग अन्तिम चरणको छलफल गरी तयार पारिएको सामग्रीलाई पूर्णता दिइएको मेड नेपाल चितवनका कार्यकारी निर्देशक मिनराज भण्डारीेले बताए । नगर प्रमुख लालमणि चौधरीसहित जनप्रतिनिधिहरुको बीचमा नीति र रणनैतिक योजनाका बिषयमा अन्तिम छलफल गरी त्यसलाई पुर्णता दिइएको इको नेपालका अध्यक्ष रामचन्द्र न्यौपानेले बताए ।
छलफलबाट आएका सुझावलाई आधार मानेर दुई दिनभित्रमा रणनीतिलाई सुधार गरेर नगरपालिकामा बुझाउने र त्यो नै नगर बिपत व्यवस्थापन समिति र नगरकार्यपालिकाले स्वीकृति गरेर नगरपालिकामा लागू हुने उनी बताउँछन् । खैरहनी नगरपालिका बाढीको हिसावले उच्च जोखिममा रहेको र शितलहर, हुरी बतास, वन्यजन्तुको आक्रमण, चट्याङलगायतमा १२ वटा प्रकोपको जोखिम रहेकाले ती जोखिम न्यूनीकरणमा कसरी काम गर्न सकिन्छ र त्यसका लागि के गर्दा उपयुक्त हुन्छ भन्ने हिसावले समस्या र समाधानसहित लिखित रुपमा तयार पारिएको सामग्रीमा छलफल गरी त्यसलाई अन्तिम निचोर्ड दिइएको न्यौपानेको भनाइ छ ।
जनप्रतिनिधिका बिचमा छलफल गरी तयार पारिएको नीति र कार्ययोजनालाई नगर बिपत ब्यवस्थापन समिति र नगर कार्यपालिकाको बैठकबाट पास गराएर त्यसलाई प्रयोगमा ल्याइने नगरप्रमुख लालमणि चौधरीले बताए । यसले आफनो नगरलाई दैबिक प्रकोपबाट हुने क्षतिबाट बचाउन निकै ठुलो मद्दत पुग्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
शुक्रबार, ०२ माघ २०७७, १७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री ओली
अलपत्र योजना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीले बाँडे १५ सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
राजा ल्याउँछौं भन्नेहरु रक्सी चोर्दै भाग्दै हिँडेका छन्ः प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली आज दमक जाँदै
जागरण सभालाई सम्बोधन गर्न बुटवल पुगे प्रधानमन्त्री ओली