बग्दाद अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ईराकी अर्धसैनिक कमाण्डर अबुु महदी अल मुहान्दिसको हत्याबारे छानिविन गरिरहेको अदालतले ट्रम्पविरुद्ध यस्तो निर्णय लिएको हो ।
३ जनवरी २०२० मा अमेरिकी ड्रोन हमलामा बग्दाद विमानस्थलबाहिर ईरानी रिभोलुसनरी गार्ड कर्पस्अन्तर्गतको क्वाद सेनाका जर्नेल कासिम सुलेमानी र मुहान्दिस मारिएका थिए ।
मुहान्दिसबारे छानविन गरिरहेको बग्दाद अदालतका न्यायधिसले अमेरिकी सेनाका कमाण्डर ईन चिफसमेत रहेका ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएका हुन् । अल मुहान्दिस राज्यले प्रतिबन्धित गरेको पपुलर मोबिलाईजेसन फोर्सका सहायक नेता थिए, ईरान समर्थित समूह तथा ईराकका सैन्यधारीहरु सम्मिलित यो छाता संगठन आईएसविरुद्ध लड्नका लागि गठन भएको थियो ।
ट्रम्पमाथि नियोजित हत्याको अभियोगमा पक्राउ पुर्जी जारी गरिएको हो किनकी उनले नै हत्याका लागि आदेश दिएका थिए ।
यस अभियोगअन्तर्गत मृत्युदण्डको सजाय छ । जो, कार्यान्वयन हुने संभावना निकै कम छ । यद्यपी, ट्रम्पको बर्हिगमन हुँदै गर्दा यसले सांकेतिक रुपमा उनी निकै कमजोर भएको सन्देश दिन्छ । अबु मेहदी अल मुहान्दिसको परिवारसँग बयान लिएपछि यो निर्णय जारी गरिएको सर्वोच्च न्यायिक नियोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हत्याबारेको छानविन जारी नै रहेको अदालतले जनाएको छ ।
यसअघि ईरानले गत जुनमै ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो, उसले इन्टरपोललाई पक्राउ पुर्जीबारे जानकारी गराउँदै विश्वका अन्य प्रहरीहरुलाई पनि यो नोटिस पठाइदिन आग्रह गरेको थियो । जो कार्यान्वयनमा आएन । सुलेमानी हत्याकाण्डपछि ईराक र अमेरिकाबीचको कुटनीतिक सम्बन्धमा ठूलो संकट निम्तिएको थियो ।
ईराकी कानून निर्माताहरुले देशबाट विदेशी सेनालाई हटाउनका लागि सरकारलाई दबाब दिनेगरी संकल्प प्रस्ताव पारित गरेका थिए । यस घटनापछि ईराकमा अमेरिकाको उपस्थिती कमजोर पार्नेगरी ईरान समर्थित सैन्यधारीहरुले आक्रमण बढाएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २३ पुस २०७७, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको ट्रम्पको घोषणा
ट्रम्पले गरे मृत्युदण्डसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर
प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
शपथ ग्रहणकै दिन दर्जनौं 'कार्यकारी आदेश'मार्फत बाइडेन प्रशासनका नीति उल्ट्याउने ट्रम्पको तयारी
४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिँदै डोनाल्ड ट्रम्प
अमेरिकामा अपराध एकदमै बढ्यो : डोनाल्ड ट्रम्प