काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग भएको घोषणा गरेका छन् । यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्दै उनले भनेका छन्, ‘यो एक ठूलो फैसला हो ।’
ट्रम्पका अनुसार अमेरिकाले अन्य देशको तुलनामा डब्ल्यूएचओमा आबद्ध हुँदा अनुचित मूल्य चुकाइरहेको छ । ट्रम्पले विश्व स्वास्थ्य संगठन कोरोना लगायतका महामारीमा असफल भएको भन्दै आलोचना गर्दै आएका छन् ।
मंगलबार ह्वाइटहाउसमा कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले संयुक्त राष्ट्रसंघले डब्ल्यूएचओमार्फत् अमेरिकालाई पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाए ।अमेरिका पेरिस जलवायु सम्झौताबाट पनि बाहिरिएको छ । शपथ ग्रहणको केही घण्टापछि उनले पेरिस सम्झौताबाट बाहिरिने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका हुन् ।
विश्व स्वास्थ्य संगठन र पेरिस सम्झौताबाट बाहिरिएपछि यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।जलवायु परिवर्तनको असरका कारण नवीकरणीय ऊर्जाको आवश्यकतामा बहस भइरहेका बेला ट्रम्पले भने जीवाष्म इन्धनको प्रयोगमा जोड दिँदै आएका छन् । अमेरिकामा ऊर्जाको आवश्यकता पूर्ति गर्ने क्रममा ‘नेशनल इनर्जी इमर्जेन्सी’ घोषणा गर्ने उनले बताएका छन् । साथै अमेरिकामा तेल र ग्याँस उत्खनन बढाउने प्रतिबद्धता दोहोर्याएका छन् ।
अमेरिका फेरि पनि उत्पादक देश बन्ने बताउँदै उनले भने, ‘हामीसँग विश्वकै धेरै प्राकृतिक ग्याँस र तेल छ । हामीले यसको पूर्ण उपयोग गर्ने छौँ ।’ त्यसक्रममा ट्रम्पले ‘ड्रिल बेबी ड्रिल’को नारा पनि लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ माघ २०८१, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति ट्रम्पका दूत युक्रेन जाँदै
प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी
इजरायलले इरानलाई आक्रमण गरेमा सबैखाले साथ दिने अमेरिकाको भनाई
अमेरिकी राष्ट्रपतिले भने- ‘विश्वभर स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा छ’