शपथ ग्रहणकै दिन दर्जनौं 'कार्यकारी आदेश'मार्फत बाइडेन प्रशासनका नीति उल्ट्याउने ट्रम्पको तयारी

सफल खबर संवाददाता

सोमबार, ०७ माघ २०८१, १२ : ३६
शपथ ग्रहणकै दिन दर्जनौं 'कार्यकारी आदेश'मार्फत बाइडेन प्रशासनका नीति उल्ट्याउने ट्रम्पको तयारी

काठमाडौं। अमेरिकी राष्ट्रपति पदको दोस्रो कार्यकालका लागि निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकाको समयअनुसार सोमबार कार्यभार सम्हाल्ने कार्यतालिका छन् । उनले कार्यभार सम्हालेको केही घण्टामै दर्जनौं कार्यकारी आदेश हस्ताक्षर गरेर जो बाइडेन प्रशासनका पछिल्ला चार वर्षका धेरै नीतिहरूलाई खारेज गर्ने घोषणा गरेका छन् ।

आइतबार राति आयोजित एक भोज कार्यक्रममा ट्रम्पले उद्‌घाटन समारोहमा योगदान दिएका व्यक्तिहरूलाई सम्बोधन गर्दै भने, 'म सोमबार आफ्नो कार्यभार सम्हाल्नेबित्तिकै लगभग एक सय कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछु । ती आदेशले बाइडेन प्रशासनका दर्जनौं विनाशकारी र अतिवादी निर्णयलाई उल्ट्याउने छन् ।

 

 

 

 

ट्रम्प प्रशासनका नीति निर्माण प्रमुख स्टेफन मिलरले आइतबार रिपब्लिकन नेताहरूसँग भएको संवादमा प्रस्तावित कार्यकारी आदेशहरूको विस्तृत खाका प्रस्तुत गरेका थिए ।

ती आदेशले अमेरिकी–मेक्सिको सीमामा आप्रवासन नियन्त्रण, तेल तथा ग्यास उत्खननमा लगाइएको प्रतिबन्ध हटाउने र संघीय कर्मचारी तन्त्रमा बाइडेन प्रशासनले लिएका नीतिसँगै अन्य धेरै नीतिहरू उल्ट्याइने बताइएको छ ।

 

 

अर्कोतर्फ, ट्रम्पले अलास्कामा तेल तथा ग्यास उत्खननको लागि बाइडेन प्रशासनद्वारा लगाइएको प्रतिबन्ध हटाउने तयारी गरेका छन् ।अलास्काका सिनेटर ड्यान सुलिभानले यस विषयमा ट्रम्पसँग कुराकानी भइसकेको जानकारी दिएका थिए ।

ट्रम्पले सोमबार जारी गर्ने कार्यकारी आदेशमध्ये अमेरिकामा रहेका गैरकानूनी आप्रवासीलाई देशनिकाला गर्ने, जन्मसिद्ध नागरिकता प्रणाली खारेज गर्ने र मेक्सिको सीमामा पर्खाल निर्माण कार्य पुनः शुरू गर्ने विषय मुख्य प्राथमिकतामा रहने जनाइएको छ ।

ट्रम्पले एक र्‍यालीमा भने, 'म सत्तामा पुगेको केही घण्टामै सीमामा भइरहेको ‘आक्रमण’ रोक्नेछु । हाम्रो सीमा सुरक्षाका लागि विश्वमै अहिलेसम्मकै सबभन्दा आक्रामक कदम चालिनेछ ।'उनले उक्त आदेशले अमेरिकी परिवारलाई न्याय दिलाउने भन्दै गैरकानूनी आप्रवासीहरूले हत्या गरेका अमेरिकी नागरिकको मुद्दा उठाए ।

ट्रम्पले २०२१ जनवरी ६ का क्यापिटल हत्याकाण्डमा संलग्न प्रदर्शनकारीलाई सम्बोधन गर्दै महत्वपूर्ण निर्णय लिने बताएका छन् । अमेरिकी न्याय विभागका अनुसार यस मामलामा १६ सय भन्दा बढी व्यक्तिमाथि अभियोग लगाइएको छ ।ट्रम्पले तीमध्येका कतिपय व्यक्तिहरूलाई क्षमादान दिने सम्भावना औंल्याए पनि रिपब्लिकन पार्टीभित्र यस विषयमा एकमत छैन । कतिपय नेताहरूले प्रहरीमाथि हिंसामा संलग्न प्रदर्शनकारीलाई क्षमा दिनु उपयुक्त नहुने धारणा राखेका छन् ।

बाइडेन प्रशासनका नीतिहरू उल्ट्याउनका लागि ट्रम्पले जारी गर्ने कतिपय आदेशले कानूनी चुनौतीहरूको सामना गर्नुपर्ने बताइएको छ । यसअघि पहिलो कार्यकालमा ट्रम्पले जारी गरेको कतिपय आदेशलाई अदालतले रोक लगाएको थियो ।

आइतबार राति भएको र्‍यालीमा मिलरले सीमा आक्रमण अन्त्य गर्ने, गैरकानूनी आप्रवासीलाई स्वदेश फिर्ता पठाउने र अमेरिकालाई पुन जसको राज्य, उसको शासनको दिशामा लैजाने जस्ता आदेशमा केन्द्रित हुने बताएका थिए ।

शक्ति प्रयोगको तयारी

ट्रम्पले आफ्नो सम्बोधनमा भनेका छन्, 'म भोलिदेखि ऐतिहासिक गति र शक्तिका साथ कार्य गर्दै हाम्रो देशको हरेक संकट समाधान गर्नेछु । यसअघि कहिल्यै नदेखिएका कार्यकारी आदेशले तपाईंहरूलाई खुशी बनाउनेछन् ।

    उनले सोमबार बिहान सपथ ग्रहणभन्दा अगाडि नै आफूले हस्ताक्षर गर्ने आदेशको विस्तृत विवरण प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरे । सोमबार नै आफूले अमेरिकी राजनीतिक परिदृश्यलाई परिवर्तन गर्ने कदम चालिसक्ने ट्रम्पले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस