लुम्बिनी चिनी मिलका सञ्‍चालक पक्राउ

सफल खबर संवाददाता

विहीबार, १६ पुस २०७७, १३ : ०८
लुम्बिनी चिनी मिलका सञ्‍चालक पक्राउ

प्रतिकात्मक तस्विर

काठमाडौं । उखु किसानको उजुरी परेपछि लुम्बिनी चिनी मिलका सञ्‍चालक पक्राउ परेका छन् । 
सरकारले किसानको पैसा नदिने मिल सञ्चालकलाई पक्राउ गरेर कारबाही अगाडि बढाउन निर्देशन  दिएलगतै लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पर्सा प्रहरीको समन्वयमा वीरगन्जबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध नवलपरासीमा उखु किसानको उजुरी छ । उनलाई थप अनुसन्धानका लागि नवलपरासी पठाइएको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।

यो मिलले किसानको १५ करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको बताइएको छ ।   

प्रतिक्रिया दिनुहोस