डेढ करोड लागतमा खुल्यो बर्गर हाउस

सफल खबर संवाददाता

बुधबार, १५ पुस २०७७, १७ : २४
डेढ करोड लागतमा खुल्यो बर्गर हाउस

चितवन । युवा व्यवसायी सुदीप दवाडीले चितवन भरतपुरस्थित दीपेन्द्रचोकमा डेढ करोडभन्दा बढीको लागतमा बर्गर हाउस सञ्चालनमा ल्याएका छन्। 

भरतपुर १० निवासी दवाडीले काठमाडौँमा ख्याती प्राप्त बर्गर हाउसको शाखा चितवनमा खोलेको जानकारी दिए । आज पत्रकार भेटघाट कार्यक्रममा सञ्चालक दवाडीले बर्गर हाउसको ५० औँ शाखा चितवनमा पहिलो पटक खोल्ने अवसर मिलेको बताए । 

उनले बर्गर हाउसको ब्रान्ड लिनमात्र १२ लाख रुपैयाँ खर्च गरेको बताए । सञ्चालक दवाडीले भने, ‘न्यू इअरमा १५ प्रतिशत डिस्काउन्ट गरिएको छ ।’ उनले २० जनालाई रोजगारी दिएको बताए ।
 

प्रतिक्रिया दिनुहोस