संसद पुनःस्थापनाको विकल्प संविधानमा छैन : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

बुधबार, १५ पुस २०७७, १७ : ०६
संसद पुनःस्थापनाको विकल्प संविधानमा छैन : प्रधानमन्त्री ओली

काठमाडौँ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापनाको विकल्प संविधानमा नभएको बताएका छन् ।

बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा ओलीले भने, ‘६४ प्रतिशत बहुमत प्राप्त सरकारले विघटन गरेको हो । अहिले जो जहाँ गए पनि विघटन हुँदा ६४ प्रतिशत थियो । अब अरुको सरकार बन्दैन । संविधानमा पनि त्यो व्यवस्था छैन ।’

उनले बाँकी ३६ प्रतिशतले सरकार बनाउने अवस्था नभएकाले अबको विकल्प चुनाव नै भएको बताए । प्रचण्ड माधव समूहतर्फ सङ्केत गर्दै ओलीले भने, ‘वामपन्थीसँग मिलेर चुनाव लड्ने तर सरकार दक्षणिपन्थीसँग बनाउन खोज्ने। लाज लाग्नु पर्ने होइन ?’ आफूले पार्टी एकता गर्दा माधव नेपाल र प्रचण्ड मिल्दा बहुमत पुग्छ भन्ने थाहा हुँदाहुँदै एकता गरेको उनले बताए। 

सरकारका कामकारवाहीमा प्रचण्डले सहयोग नगरेको उनको आरोप थियो । 


 

प्रतिक्रिया दिनुहोस