परराष्ट्रमन्त्री ज्ञवालीले यसरी झुक्याए मोहन बाँनियालाई....

सफल खबर संवाददाता

बुधबार, १५ पुस २०७७, ०८ : २७
परराष्ट्रमन्त्री ज्ञवालीले यसरी झुक्याए मोहन बाँनियालाई....

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफुलाई हुँदै नभएको अधिकार प्रयोग गरेर विघटन गरिदिएको प्रतिनिधीसभामा मुगुबाट निर्वाचित सांसद हुन्– मोहन बानियाँ । उनी ओली पक्षमा खुलेर लागेका छन् । सिंगो कर्णालीबाट ओलीको पक्षमा खुलेर लाग्ने मध्येका उनी अग्रपङक्तिमै थिए । उनले पटक पटक मन्त्री बनाउन नेताहरुसँग आग्रह गरे । ओली क्याम्पमै पनि कर्णालीको प्रतिनिधित्व गरेर क्याबिनेटमा मोहन बानियाँलाई लैजान कुरा पनि चले ।

यो पटक क्याबिनेट बिस्तार गर्दा उनलाई लैजाने बचन ओलीले पनि दिएका थिए । प्रतिनिधीसभा आफैले विघटन गर्ने र चुनावको घोषणा गर्ने, आफै कामचलाउ सरकारका रुपमा पुगिसकेका ओलीले यो तथ्यलाई हेर्दै नहेरी मन्त्रिपरिषद् पुस ८ गते विस्तार गरे । तर त्यहाँ बानियाँ समेटिएनन् । संविधानको धारा ७७ (१) मा प्रधानमन्त्रीले राजीनामा दिए, अविश्वासको प्रस्ताव पारित भए, प्रतिनिधिसभा सदस्य नरहे वा मृत्यु भए प्रधानमन्त्री पद रिक्त रहने ब्यवस्था छ ।

बिहान मन्त्री बन्न रेडी वस्नु भनेर बालुवाटारको तर्फबाट आफुलाई फोन गरेका परराष्ट्रमन्त्री ज्ञवालीलाई त्यसपछि भने उनले फोन लगाए । ‘कमरेड मन्त्री बन्न रेडी बन्नु भन्नुभएको थियो । दौरा सुरुवाल समेत खोजेर लगाएर रेडी भएर बसेको पनि थिए, तर अन्य साथीहरुले सपथ लिनुभयो, म त हेरेको हेर्यै पो भए त !’ उनले परराष्ट्रमन्त्री ज्ञवालीलाई टेलिफोन गरेर भने । बानियाँको सचिवालय स्रोतले दिएको जानकारी अनुसार, त्यसपछि परराष्ट्रमन्त्रीले उनलाई फेरि पनि सरी भन्ने जवाफ दिएका थिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेकाले त्यसको सदस्य छैनन् र संविधानको धारा ७५ अनुसारको कार्यकारिणी अधिकार अहिले ओली नेतृत्वको मन्त्रिपरिषद्मा छैन् । तर पनि उनले मन्त्रिपरिषद् बिस्तार गरे । यो बिस्तारित हुँदा बानियाँलाई मन्त्रीमा लैजाने बचन ओली क्याम्पका प्रायःजसो सबैको थियो । बानियाँ पनि मन्त्री बन्नेमा करिव ढुक्कै देखिन्थे । त्यसमाथी उनलाई पुस ८ गते परराष्ट्रमन्त्री तथा ओली नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले बिहान ११ बजे तिर फोन गरे । ‘आज क्याबिनेट बिस्तार हुदैछ, तपाई रेडि भएर बस्नुहोला, मन्त्री बन्दै हुनुहुन्छ, मन्त्रालय यही भन्ने चाँही पछि नै थाहा लाग्छ,’ बानियाँलाई मन्त्री ज्ञवालीको फोन थियो ।

लामो प्रतिक्षा पछि मन्त्री बन्न लागेको धुनमा बानियाँको मन फुरुङ थियो । उनले दौरा सुरुवाल खोजे, आफन्तलाई खुसीयाली साटे । दिउँसो ३ बजे नै उनले दौरा सुरुवाल लगाएर निवासमै ठिक्क परेर बालुवाटारको फोनको प्रतिक्षामा बसे । तर सञ्चारमाध्यमबाट अनेक ब्यक्तीका नाम मन्त्री बन्नेको सूचिमा रहेको भन्दै समाचार सम्प्रेषण भए । मोहन बाँनियाको नाम त्यसमा थिएनन् ।

साँझ घर्कदै गयो, बालुवाटारको फोन पर्खेर बसेका बाँनियालाई कसैले फोन गरेनन् । साँझ ७ वजे सम्म उनले आफुले लगाएको दौरा सुरुवाल फुकालेनन् । बालुवाटार र परराष्ट्रमन्त्री ज्ञवालीको फोन तै पनि आईहाल्छकी भन्ने पर्खाईमै बिताए । साँझ ८ जना अन्य मन्त्रीले सपथ लिए । उनी हेरेको हेर्यै भए ।

बिहान मन्त्री बन्न रेडी वस्नु भनेर बालुवाटारको तर्फबाट आफुलाई फोन गरेका परराष्ट्रमन्त्री ज्ञवालीलाई त्यसपछि भने उनले फोन लगाए । ‘कमरेड मन्त्री बन्न रेडी बन्नु भन्नुभएको थियो । दौरा सुरुवाल समेत खोजेर लगाएर रेडी भएर बसेको पनि थिए, तर अन्य साथीहरुले सपथ लिनुभयो, म त हेरेको हेर्यै पो भए त !’ उनले परराष्ट्रमन्त्री ज्ञवालीलाई टेलिफोन गरेर भने । बानियाँको सचिवालय स्रोतले दिएको जानकारी अनुसार, त्यसपछि परराष्ट्रमन्त्रीले उनलाई फेरि पनि सरी भन्ने जवाफ दिएका थिए ।
 

प्रतिक्रिया दिनुहोस