भुटानी राजा काठमाडौंमा, परराष्ट्रमन्त्रीद्वारा विमानस्थलमा स्वागत

सफल खबर संवाददाता

शुक्रबार, २१ मंसिर २०८१, ११ : ०३
भुटानी राजा काठमाडौंमा, परराष्ट्रमन्त्रीद्वारा विमानस्थलमा स्वागत

काठमाडौं । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका छन् ।

उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी हुन् । भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ । औपचारिक भेटवार्ताको तालिका भने सार्वजनिक भएको छैन । बिहीबारदेखि भारतको औपचारिक भ्रमणमा रहेका उनले फर्किने क्रममा काठमाडौंमा भ्रमण गरेका हुन् ।

उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस