काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री राणा चीनको छेन्दुबाट आज स्वदेश फर्किने उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु पुगेकी राणाले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् ।
उनीहरुबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि २० गतेसम्म गर्ने चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो ।
परराष्ट्रमन्त्री डा. राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनेछिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ मंसिर २०८१, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री आरजु भारत हुँदा मल्दोभाका विदेशमन्त्री नेपालमा
भारतबाट १२ दिनपछि आज फर्किंदै परराष्ट्रमन्त्री आरजु राणा
परराष्ट्रमन्त्री विदेश घुमेको घुम्यै, मन्त्री भएको २४१ दिनमा झण्डै ६० दिन देशबाहिरै
महिलाविरुद्धका अवरोध तोड्न आवश्यक : परराष्ट्रमन्त्री राणा
जेनेभा प्रस्थान गर्दै परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा राणा ओमन प्रस्थान