उपराष्ट्रपतिमा नन्दबहादुर पुनको एकल उम्मेदवारी

शनिबार, ०३ चैत्र २०७४, १४ : १७
उपराष्ट्रपतिमा नन्दबहादुर पुनको एकल उम्मेदवारी

एमाले माओवादी केन्द्रले बहालवाला उपराष्ट्रपतिलाई नै दोहोर्‍याउने निर्णय गरेपछि नन्दबहादुर पुनले सो पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

एमाले नेता सुवास नेम्वाङलाई प्रस्तावक र माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतकलाई समर्थक राखेर पुनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी गरेको हो । तर, निर्विरोध निर्वाचित भएको भोलि मात्र घोषणा हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस