कोरोना खोप लगाएका चिनियाँ कामदार नेपाल आए

सफल खबर संवाददाता

आइतबार, १२ पुस २०७७, १९ : ३८
कोरोना खोप लगाएका चिनियाँ कामदार नेपाल आए

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकालागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आएका छन् । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ५२ जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर आइतबार नेपाल आइपुगेका हुन् । 

उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन् । चीनमा देश बाहिर जाने आफ्ना नागरिकलाई कोरोना विरुद्धको खोप लगाई एक महिना आराम गर्ने अवधि पुरागरेपछि मात्रै जान दिइने व्यवस्था गरिएको छ । 

सरकारी प्रावधान पुरा गरी चिनियाँ कामदार नेपाल आएका हुन् । उनीहरुले ंसंक्रमणलाई ध्यान दिई पिपिई, मास्क लगाएरै नेपाल प्रवेश गरेका छन् र कार्यस्थलसम्म नपुग्दा सम्म उच्च सुरक्षा सावधानि अपनाउने बताईएको छ ।

यसरी चीनबाट सुरक्षा सावधानिसाथ नेपाल प्रवेश गरेसँगै अन्य देशबाट पनि कोरोना खोप लगाई नेपाल आउने बाटो खुल्ला भएको छ । कोरोना खोप लगाएका कुनैपनि विदेशी नागरिक नेपाल भित्रिने क्रम बढेमा आगामी दिनमा पर्यटन क्षेत्रपनि लयमा फर्किने पर्यटन व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस