सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

सफल खबर संवाददाता

आइतबार, १२ पुस २०७७, १४ : २९
सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ  गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर-१४ बस्ने ३८ वर्षीय तुलसी महतो रहेका छन् । 

महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आइतबार विराटनगर महानगरपालिका वडा नम्बर-८ स्थित जिल्ला अदालत छेउबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत मोरङले २०६७ असोजमा कीर्ते मुद्दामा १ वर्ष कैद तोकेको थियो । उनलाई आजै जिल्ला अदालत मोरङमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस