बाराबाट ५ जना फरार प्रतिवादीहरू पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०३ असोज २०८१, १६ : ०९
बाराबाट ५ जना फरार प्रतिवादीहरू पक्राउ

काठमाडौँ । विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादीहरूलाई प्रहरीले बाराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उप महानगरपालिका घर भएका ६७ वर्षीय मञ्जु रहमान, ५७ वर्षीय मासुमा भन्ने मनोरमा, ७७ वर्षीय सुकुट माझी मुसहर, ७३ वर्षीय शिउतरनिया थरुनी उर्फ शिवरानी र ५३ वर्षीय सदर कुमार उपाध्याय छन् ।

प्रतिवादीहरू लाई जालसाजी र सार्वजनिक मुद्दामा अदालतले १० रुपैयाँ देखी ५ सयसम्म जरिवाना हुने फैसला गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस