काठमाडौ । नेपाल टेलिकमले ‘संविधान दिवस अफर’ उपलब्ध गराएको छ । संविधान दिवस २०८१ को अवसरमा दिइएको अफर आज अर्थात् असोज २ गतेदेखि ४ सम्म लागु हुने टेलिकमले जनाएको छ ।
अफरअन्तर्गत ४९ रुपैयाँमा एक दिन चलाउन सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुने छ ।
यसैगरी डाटा प्याकेजअन्तर्गत १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा,१९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।
अफरअन्तर्गत ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने टेलिकमले जनाएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको प्याकेजअन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन् छ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।
आफ्नो मोबाइलबाट *1415*6# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असोज २०८१, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त
मोबाइल सेवा सञ्चालनका लागि टेलिकमले पायो नयाँ अनुमतिपत्र
नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’, यस्ता छन् सुविधा
नेपाल टेलिकमले माग्यो विभिन्न पदमा स्थायी कर्मचारी